कम्युनिस्ट पार्टीको संस्थापकहरु प्रति सम्मान छ : थपलिया

पालिका डायरी
१० बैशाख २०८१, ११:१०
बागमती प्रदेश सरकारका प्रवक्ता भन्छन्– १० गतेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ

हेटौंडा / नेकपा एमाले बागमती प्रदेशका संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले नेकपा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना दिवसको शुभकामना व्यक्त गर्नु भएको छ ।

पार्टीको ७५ वर्ष पूरा भएको खुसियालीमा थपलियाले एक सन्देश जारी गर्दै तत्कालीन देशमा राजनीतिक परिवर्तनको आवश्यकतालाई मध्यनजर गरि पार्टी स्थापना गर्नुहुने संस्थापकहरु प्रती सम्मान एवम् श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।

उहाँले ूमहासचिव क। पुष्पलाल श्रेष्ठ लगायत सम्पूर्ण संस्थापक निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायण विलास जोशी र मोतिदेवी श्रेष्ठ प्रती हार्दिक श्रद्धा तथा उच्च सम्मान व्यक्त गर्दै पार्टीको हरेक तह र तप्कामा आवद्ध रहेर देश र जनताको मुक्तिका खातिर योग्दान पुर्याऊदै आफ्नो बलिदानी गर्नुहुने सम्पुर्ण महान सहिदहरुमा स्मरण एवम् भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछुू उहाँले सन्देशमा भन्नुभएको छ ।

उहाँले नेकपा एमालेको नेतृत्वमा अघि बढेको समृद्धि र समुन्नत समाज निर्माणको अभियान पक्षधर नेतृत्व गर्नुहुने सम्पुर्ण कमरेडहरुको सुस्वास्थ्य, दिर्घायु एवम् जनताप्रतिको उत्तरदायी भुमिकामा अझै सकृयता रहने विश्वास सहित सबैमा हिरक वर्षको शुभकामना व्यक्त गर्नुभएको हो।

प्रतिक्रिया
jn thapaliya