ब्राजिलमा बाढीका कारण ५५ जनाको ज्यान गयो, ७४ जना बेपत्ता
ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको ज्यान गएको छ । ७४ जना बेपत्ता भएका छन् ।
अस्ति शनिवार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस विस्थापित भएका त्यहाँको स्थानीय प्रशासनले जानकारी दिएको हो । झण्डै ५ लाख मानिस स्वच्छ पानी र बिजुलीविहीन भएर बाँच्न बाध्य भएका छन् । त्यहाँ अझै भारी वर्षाको सम्भावना रहेको बीबीसीले जनाएको छ ।
बाढी र हावाहुरीका कारण झण्डै २ सय ५० वटा शहर प्रभावित भएका छन् । धेरै सडकमा क्षति पुगेको खबरमा उल्लेख छ । केही दिनअघि बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको थियो । फेरि अर्को बाँध फुट्ने खतरा रहेको स्थानीय प्रशासनले जनाएको छ । पोर्टो एलेग्रेबाट अन्तर्राष्ट्रिय हवाई सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।
प्रतिक्रिया