बागमती प्रदेश : आज आगामी आर्थिक बर्षको बजेट ल्याइँदै

पालिका डायरी
१ असार २०८१, ०७:२६
सुन तस्करी प्रकरणमा जोडिएका बागमती प्रदेशका मन्त्री लामाबारे एमालेले माग्यो सरकारको जवाफ

हेटौंडा / बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट ल्याउँदै छ । शनिबार (आज) अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
आगामी आर्थिक बर्षका लागि पनि चालु आर्थिक बर्षकै हाराहारीमा बजेट ल्याइने अर्थमन्त्री थपलियाले जानकारी दिए। चालु आर्थिक बर्षका लागि बागमती प्रदेश सरकारले ६२ अर्व ७० करोड ९० लाख ७८ हजार रुपैंयाको बजेट ल्याएको थियो। जनताको आवश्यकता, राष्ट्रिय अन्ताराष्ट्रिय आर्थिक मन्दी र प्रदेशको क्षमतालाई ख्याल गरेर सन्तुलित बजेट ल्याउने अर्थमन्त्री थपलियाले बताए ।
प्रदेश सरकारले गत जेठ १५ गते आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया