बागमतीमा बजेटको आकार बढ्ने, ६५ अर्ब हाराहारीको बजेट ल्याउँदै

पालिका डायरी
१ असार २०८१, १२:२२
बागमती प्रदेशसभाको बैठक बस्दै

हेटाै‌ंडा/  बागमती प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेटको आकार बढेर आउने बताइएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक बर्षको बजेट चालु आर्थिक बर्षको भन्दा बढ्ने बताए। प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण सुधारत्मक रहेको भन्दै सोही आधारमा बजेटको आकार बढाएर ल्याउने अर्थमन्त्री थपलियाले बताए।

‘प्रदेशमा जनसंख्या बढ्दो छ। भैगोलिक हिसाबको आधारमा विकास गर्न आवश्यक छ,’ थपलियाले भने, ‘सुरुवाती वर्षहरूको तुलनामा क्रमिक रूपमा प्रदेश सरकारको आम्दानी र खर्चको दायरामा वृद्धि भइरहेको छ। यस्तो अवस्थामा बजेटको आकार घट्ने भन्ने हुँदैन। केही बढेरै आउँछ।’

चालु आर्थिक बर्षका लागि बागमती प्रदेश सरकारले ६२ अर्व ७० करोड ९० लाख ७८ हजार रुपैंयाको बजेट ल्याएकोमा आगामी आर्थिक बर्षको बजेट ६५ अर्ब हाराहारीमा ल्याउन लागिएको प्रदेशका एक मन्त्रीले जानकारी दिए।

प्रतिक्रिया