इन्द्रसरोवरका वाइवा प्रहरीको फन्दामा

पालिका डायरी
४ असार २०८१, १०:३४

हेटौंडा /  कर्तब्य ज्यान मुद्दामा १६ बर्ष कैद सजाय र तिन लाख जरिवाना तोकिएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इन्द्रसरोवर गाउँपालिका वडा नं.१ नयाँगाऊ बस्ने ६१ को सन्त बहादुर वाइवा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वाइवाले विंसं.२०६१ जेष्ठ ३ गते नयाँगाऊमै काठमाडौं–३५ बस्ने ४२ बर्षीय कुटपिट गरेर साथमा रहेको नगद ५० हजार लुटेर उनलाई भीरबाट लडाएर हत्या गरेका थिए ।

सोही मुद्दामा जिल्ला अदालत मकवानपुरले वाइवालाई विंसं.२०७० सालमा कर्तब्य ज्यान मुद्दामा १६ बर्ष कैद सजाय र ३ लाख जरिवाना तोकेको थियो । उनलाई आफ्नै घरबाट पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया