हेटौंडामा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

पालिका डायरी
१६ असार २०८१, १२:४०
palika diary

हेटौंडा / हेटौंडामा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् ।

हेटौंडा उपमहानगरपालिका- १९ बसामाडीमा जंगलमा पाइने सल्ले जातको च्याउको तरकारी पकाएर खाँदा एकै परिवारक ५ जना बिरामी भएका हुन् ।

जंगली च्याउ खाँदा बसामाडीका ३६ वर्षीय श्यामबहादुर बल, १६ वर्षीया अनिता बल, ११ वर्षीय रेमन बल, ७३ वर्षीया फुलमायाँ र ३४ वर्षीय तुल बहादुर मोक्तान बिरामी भएका बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

उनीहरुको हेटौंडा अस्पतालमा उपचार गरिएको छ । जिल्लामा पछिल्लो एक महिनाभित्र जंगलबाट ल्याएको च्याउ खाँदा तीन जनाको मृत्यु भइसकेको छ भने २१ जना बिरामी भएका छन् ।

प्रतिक्रिया