सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

पालिका डायरी
१८ असार २०८१, ११:००
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं / आज नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार सुनको मुल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ ।

यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले बढेर १८०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया