प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, विश्वासको मत सामना गर्ने

पालिका डायरी
१८ असार २०८१, १२:०५
गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कयौँ गुणा बढी छ- प्रधानमन्त्री file photo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने भएका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि अहिले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो ।

‘प्रधानमन्त्रीले गलेर छाड्ने कुरा भएन, गणित सो गर्न जाने, संसद् फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले धारणा बनाउनुभएको छ,’ माओवादी सचिव देवेन्द्र पौडेलले भने ।

विश्वासको मत लिन भने प्रधानमन्त्रीलाई ३० दिनको सुविधा संविधानले नै दिएको छ ।

प्रतिक्रिया