रास्वपाका मन्त्रीहरूसँग प्रधानमन्त्रीले भने- अहिले राजीनामा नदिनुहोस्, म सदन फेस गर्छु

पालिका डायरी
२० असार २०८१, १०:५९
६४ दिनमै अल्पमतमा परे प्रचण्ड, फेरि विश्वासको मत लिनैपर्ने File photo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने र विश्वासको मत लिने अडान दोहोर्‍याएका छन् ।

राजीनामाबारे छलफल गर्न आज बिहान बालुवाटार पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका मन्त्रीहरूलाई राजीनामा नदिन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले आफू संवैधानिक अधिकार प्रयोग गर्ने अडान दोहोर्‍याएका हुन् ।

‘प्रधामन्त्रीले म विश्वासको मत लिन्छु। सदनलाई फेस गर्छु । मेरो संवैधानिक अधिकार प्रयोग गर्छु भन्नुभयो । अहिले राजीनामा नगरिदिनुहोस् भन्नुभयो’, रास्वपाका सचेतक सन्तोष परियारले नेपालखबरलाई सुनाए, ‘हामीले तपाईंको संवैधानिक अधिकारको सम्मान गर्छौं। त्यसो हो भने तपाईं चाँडै गर्नुहोस् भनेर भन्यौँ,

प्रतिक्रिया