भीमफेदी गाउँपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित

राम कुमार दानी
२४ असार २०८१, २२:०९

राम कुमार दानी

हेटौंडा / भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम आज  सम्पन्न ११ औं अधिवेशनबाट पास भएको छ । 

भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सर्वसम्मत पारित भएको हो । गाउँ सभाको ११ औं अधिवेशनमा अध्यक्षता गरेका गाउँपालिका अध्यक्ष हिदम लामाले यो पटक टुक्रे योजना भन्दापनि कम्तिमा पाँच लाख भन्दा माथिको बजेट बनाएर अगाडि बढ्न वडा अध्यक्ष लगायत निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरे  । उनले प्रदेश र संघको योजनासङ्ग नबाझिने योजना बनाउन समेत आग्रह  गरे ।

लामाले गाउँ सभा सम्पन्न भएपनि यो महिना भर आन्तरिक रुपमा आफ्नो वडाबाट आएको योजना हेरेर छनौट गर्न आग्रह गरे । सभाले गाउँपालिका भित्र रहेका सार्वजनिक सम्मतिको लागत सङ्गकलन गर्न संसोधन प्रस्ताव पारित गरेको छ।  स्थानीय सरकार  सञ्चालन गर्न कानूको अध्ययन गर्न सबै जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले सबैलाई एकताबद्ध भएर जनतालाई नझुक्याई राम्रो काम दिए मात्र भीमफेदीको समृद्धि हुने बताए । 

अध्यक्ष लामाले काम गर्दै जाँदा सिक्दै गइयो सिक्दै जाँदा डराउन पर्ने अवस्था आएको छ भन्दै स्थानीय सरकार सञ्चालन ऐनमा टेकेर मात्र काम गर्न अनुरोध गरे गाउँपालिकाको समृद्धि को लागि हामी जनप्रतिनिधि र कर्मचारी मिलेर काम गरे मात्र सम्भब  छ उनले भने हामिले कमी कमजोरी आउने गरि काम नगर्न अनुरोध गरे । अध्यक्ष लामाले अहिले बिपद्को उच्च जोखिम भएकोले सबैले  ध्यानदिएर आ आफ्नो ठाउँमा काम गर्न आग्रह गरे ।

 

प्रतिक्रिया