मकवानपुरगढीमा करेन्ट लागेर स्याङ्तानको मृत्यु

पालिका डायरी
२६ असार २०८१, १४:३७
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौंडा / मकवानपुरको मकवानपुरगढीमा करेन्ट लागेर मंगलबार राति एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका—८ का ३७ वर्षीय दिक्पाल स्याङ्तान रहेका छन् । स्थानीय रामबहादुर घिसिङको बारीमा रहेको विद्युतको पोलको तार छुटाउन जाने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि  बुधबार बिहान हेटौंडा अस्पताल ल्याएइको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया