हेटौंडामा खोलाले बगाउँदा १० बर्षीय बालिकाको मृत्यु

पालिका डायरी
२६ असार २०८१, २१:३४
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौंडा /  मकवानपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका १८ हटियाकी १० बर्षीया बालिकालाई बुधबार दिउँसो खोलाले बगाएको हो । स्थानीय धनबहादुर बलको १० बर्षकी छोरी रसमती बल खेतमा जाँदा खोला हेर्ने क्रममा चिप्लिएर बलौरी खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार आज दिउँसो ३ः३० बजेतिरको समयमा आफ्नो अभिभावकसँगै खेतमा जान लागेकी उनलाई खोलाले बगाएको हो । प्रहरीले खोज तलासको क्रममा आज साँझ ६ बजेतिर करिब ५ सय मिटर तल बालिकाको शव फेला पारेको बताइएको छ। बालिकाको शव पोष्मार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरी प्रवक्ता भण्डारीले बताए ।

प्रतिक्रिया