एमालेको ‘घर फिर्ती अभियान’ सफल: नेकपा (एस) का नेताहरू प्रवेश

पालिका डायरी
१ श्रावण २०८१, १४:३१
एमालेको 'घर फिर्ती अभियान' सफल: नेकपा (एस) का नेताहरू प्रवेश

हेटौंडा / नेकपा एमालेले पार्टी छाडेर अन्यत्र गएका नेता कार्यकर्तालाई घर फिर्ती कार्यक्रमलाई अभियानको रुपमा संचालन गरेपछि  पार्टी प्रवेश गर्ने क्रम बढ्न थालेको छ ।

आज एक कार्यक्रमका बीच नेकपा समाजवादी ( एस ) पूर्व जिल्ला उपाध्यक्ष भूमिनन्द अर्याल, एस सचिवालय सदस्य कालु ढकाल तथा पूर्व जिल्ला कमिटी सदस्य जवीन्द्र थोकर आज नेकपा एमालेको घर फर्क अभियानमा पार्टीमा फर्किएका छन् ।

आज एमाले पार्टी कार्यकालमा भएको एक कार्यक्रमका बीच ,पार्टी केन्द्रीय सदस्य ,केदार न्यौपाने, रामेश्वर राना , जिल्ला अध्यक्ष श्रीधर पोखरेल , उपाध्यक्ष हिदम लामा लगायतका नेताहरूको सहभागिता रहेको थियो ।


पछिल्लो चरणमा विभिन्न पार्टी छाडेर एमालेमा आउनेको सङ्ख्या बढिरहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख उज्वल चौलागाइँले बताए ।

एमालेको 'घर फिर्ती अभियान' सफल: नेकपा (एस) का नेताहरू प्रवेश

प्रतिक्रिया
ghar firta