बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

पालिका डायरी
३ श्रावण २०८१, १०:३४
पहाडी क्षेत्रहरुमा आज वर्षा र हिमपातको सम्भावना

देशभर साधारणतया बदली रहेको छ भने बागमती, कोशी र लुम्बिनी प्रदेशका केही र गण्डकी प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

कोशी, बागमती र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी,बागमती,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने विभागको अनुमान छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २९ दशमलव ९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा २५ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै दिपायलमा ४१ मिलिमिटर वर्षा भएको विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया