मुख्यमन्त्री जम्मकट्टेल : आफैमा गुमेको विश्वास, प्रतिपक्षीसँग मागेकै छैनन् मत

पालिका डायरी
४ श्रावण २०८१, ११:२९
मुख्यमन्त्री जम्कट्टेलको काँधमा ७ मन्त्रालयको जिम्मेवारी

बागमती प्रदेशका मसख्यमन्त्री शालिकराम जम्मकट्टेलले आउँदो आइतबार (साउन ६) विश्वासको मत लिने निर्णय गरेका छन् । उनले विश्वासको मत प्रयोजनका लागि सभामुख भुवनकुमार पाठकलाई पत्र लेखेका थिए । सोही अनुसार प्रदेश सभा सचिवालयले आउँदो ६ गतेका लागि प्रदेश सभा बैठक आव्हान गरेको छ ।

२४ असारमा नेकपा एमालेका मन्त्रीहरुले सरकारबाट राजीनामा दिएर समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले सदनबाट विश्वासको मत लिनुपर्ने भएको हो । प्रचण्डपथ नै पछ्याइरहेका मुख्यमन्त्री जम्मकट्टेले यो पटक सदनबाट विश्वासको मत पाएर सत्ता जोगाउने सम्भावना क्षीण छ । केन्द्रमा कांग्रेस–एमाले लगाएतको दलहरु मिलेर बनेको सत्ता समीकरण अनुसार प्रदेशमा पनि एमाले र कांग्रेसले उनलाई सघाउने स्थिती बन्दैन ।

सात राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेस बाहेक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टी छन्। एमाले, माओवादी, नेकपा एस र हाम्रो नेपाली पार्टीको समर्थनमा सरकारको नेतृत्व गर्ने अवसर पाएका मुख्यमन्त्री जम्मकट्टेलको सत्ता भत्काउन एमालेले हात झिकिसकेको छ । हालको अवस्थामा माओवादी, नेकपा एस र हानेपाको समर्थन भने यथावत् नै छ ।

सत्ता जोगाउने खेलमा छैनन् जम्मट्टेल
यतीबेला प्रदेश सभामा रहेका दलहरुसँग विश्वासको मत माग्ने अभिप्रायले दलका नेताहरुसँगको सम्वाद तीव्र बनाइरहेका छन् । विश्वासको मत लिने मिति तय गर्नका लागि पनि उनले हानेपा बागमती संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्य र नेकपा एसका संसदीय नेता कृष्ण प्रसाद शर्मा खनालसँगको छलफल गरेका थिए ।

यी दुई दलले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने भएका छन्। सरकारमा सहभागी हुँदा सघाएर आएको पार्टीले अप्ठेरोको बेला छोड्न नहुने नेकपा एस संसदीय नेता खनालले बताए । माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिने र अब बन्ने नयाँ सरकारमा नेकपा एस सुहभागी नहुने निर्णयमा पुगेको उनको भनाइ छ ।

हानेपाले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको संसदीय नेता बज्राचार्यले बताए। यसअघि तीनपटक सम्म विश्वासको मतमा सघाएको हानेपाले चौथो पटक पनि मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिने निर्णयमा पुगेको नेता पर्यटन मन्त्री समेत रहेका बज्राचार्यले बताए ।

यता, राप्रपाले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा छलफल नभएको बताउँछ । केन्द्रमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नसघाएको राप्रपाले बगमतीमा पनि मुख्यमन्त्री जम्मकट्टेललाई सघाउन पक्षमा देखिदैंन । राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाका अनुसार मुख्यमन्त्रीले राप्रपा विश्वासको मतका बिषयमा छलफल गरेको छैन ।

अघिल्लो पटक त घरमै आएर भेट्नु भएको थियोे। रात दिन फोन कल आइराख्थ्यो, उनले भने, यो पटक मुख्यमन्त्री ज्यू शान्त देखिनुभएको छ । उहाँले विश्वासको मत दिनुपर्छ है भन्नुभएकै छैन । हामीले कहाँ मत दिने÷नदिने भन्न सक्छौं। सायद उहाँलाई यो पटक जसरी पनि सत्ता जोगाउन सक्दिनँ लागेर पनि होला मतका लागि छलफल गर्नुभएकै छैन ।

त्यसोत, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि विश्वासको मतको बिषयमा मुख्यमन्त्री जम्मकट्टेलले छलफल नै नगरेको बताउँछ । नेमकिपा बागमती संसदीय दलका नेता सुरेन्द्रराज गोसाईँ अघिल्लो पटक घरमै आएर मत माग्नुभए पनि यो पटक एक कल फोन समेत नआएको बताउँछन् । ‘जे गरे पनि विश्वासको मत पाइदैँन भन्ने लागेर मुख्यन्त्रीलाई आफैमा विश्वास नलागेको भएर मत पनि नमाग्नु भएको होला,’ गोसाईँले भने, ‘उहाँलाई आफूमाथि नै विश्वास छैंन, विश्वासको मत किन माग्नुहुन्थ्यो र ? यो पटक अहिलेसम्म टुक्क म्यासेजसम्म पनि आएको छैन ।’

उनका अनुसार मुख्यमन्त्रीले विश्वासको मतमा सहयोग गर्न अनुरोध गरेपनि नेमकिपाले विश्वासको मत नदिने निश्कर्षमा पुगेको छ । यसअघि कहिल्यै विश्वासको मत नदिएको नेमकिपा स्वतःस्फूर्त रुपमा प्रतिपक्षको भूमिकामा रहने नेता गोसाइँले बताए ।

घट्दो विश्वास

पटक/पटक विश्वासको मत लिएर सत्ता जोगाएका मुख्यमन्त्री जम्मकट्टेलको विश्वास मतको संख्या घट्दो क्रममा छ। यसअघि सदनबाट तीनपटक विश्वासको मत लिएर सत्ता जोगाएका थिए । जम्कट्टेलले २०७९ माघ ३ गते पहिलो पटक विश्वासको मत लिदा नेमकिपा बाहेक ६ दलको समर्थन पाए। कुल ११० सांसदमा १०५ समर्थन पाएका उनले दोस्रो पटक सोही वर्ष चैत १० गते दोश्रो पटक विश्वासको मत लिएका थिए ।
करिव ३ महिनापछि बागमती सरकारबाट एमाले एमाले बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेलले दोश्रो पटक विश्वासको मतको सामना गनपर्यो। २०७९ चैत्र १० मा दोश्रो पटक विश्वासको मत लिने क्रममा मुख्यमन्त्री जम्कट्टेलले ६७ मतमात्र प्राप्त गरे ।

मुख्यमन्त्री जम्कट्टेल्लाई तेस्रो पटक विश्वासको मत प्राप्त गर्न भने निकै संकटको सामना गर्नुपर्यो । कांग्रेसको गठबन्धन टुटेर पुनःएमालेसँग गठबन्धन बनेपछि कांग्रेस सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लियो। जसकारण मुख्यमन्त्री जम्कट्टेलले तेश्रो पटक विश्वासको मतको सामना गर्नुपर्यो। २०८० फागुन २३ कांग्रेसले सरकार छाडेर समर्थन फिर्ता लिएपछि जम्कट्टेलले चैत्र १९ मा विश्वासको मत लिने कार्यतालिका बनाए। विश्वासको मतको लागि आवश्यक ५६ जना प्रदेशसभा सदस्यको समर्थन जुटाउन निकै संकटको सामना गर्नुपर्यो ।
केहीगरी पनि विश्वासको मत जुटाउन नसक्ने स्थिती सिर्जना भएपछि प्रदेश सभामा दुई सिट मात्रै रहेको हानेपालाई सरकारमा सहभागी गराएर जम्मकट्टेलले सत्ता जोगाएका थिए । तर अब भने उक्त विरासत जोगाउन सक्ने पक्षमा छैनन् उनी। माओवादी, हानेपा र नेकपा एसले साथ दिए भनेपनि मतको संख्या ३० मात्रै हुन्छ ।

यस्तो छ अंकगणित
त्यसोत, ११० सदस्यीय बागमती प्रदेश सभामा माओवादीका २१, नेकपा एसको ७ र हानेपाको २ सिट छ। आफू नेतृत्वको सरकार जोगाउनका लागि जम्मकट्टेललाई ५६ सांसदको समर्थन आवश्यक हुन्छ । यी तीन दलको गरी कुल संख्या ३० मात्रै हुन आउँछ । सदनबाट विश्वासको मत नपाए पनि विश्वासको मतको परिक्षामा होमिन लागेका मुख्यमन्त्री जम्मकट्टेलाई ४० मत कटाउन पाए पनि लज्जास्पद् बिदाई हुँदैन थियो भन्नेमा छन् ।

सात राजनीतिक दल रहेको बागमतीमा सबैभन्दा ठुलो दल कांग्रेसको ३७ सिट छ भने एमालेको २७, माओवादीको २१, राप्रपाको (सभामुख सहित) १३, नेकपा एसको ७, नेमकिपाको ३ र हानेपाको २ सिट छ ।

प्रतिक्रिया