हेटौंडामा खेतको आलीबाट लडेर एकको मृत्यु

पालिका डायरी
४ श्रावण २०८१, १६:११
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ हर्नामाडिमा खेतको आलीबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान बस्ने ७१ वर्षीय प्रेम बहादुर तुमसिनको रहेका छन् । उनेको आज (शुक्रबार) विहान अन्दाजी ११ बजेको समयमा आफ्नो घर देखि ५ सय मिटर टाँढा रहेको छिमेकीको खेतको आलीबाट लडि हिलोमा घोप्टिएर उनको मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय पशुपति नगर मकवानपुरबाट प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरको कमाण्डमा प्रहरी खटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया