एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई प्याब्सनको सम्मान

पालिका डायरी
४ श्रावण २०८१, १६:५५
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र शिक्षकलाई प्याब्सनको सम्मान

हेटौंडा /  निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल मकवानपुर (प्याब्सनं) ले एसइई परिक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी तथा शिक्षकलाई सम्मान कार्यक्रम गरेको छ ।शुक्रबार जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसइई परीक्षामा सहभागी भएर ३।६ भन्दा माथि जिपिए हासिल गरि उर्तीण भएका विद्यार्थीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा ३६ वटा विद्यालयका २५७ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदिले यसवर्ष देशमै एसइई को नतिजा बिग्रीएको अवस्थामा मकवानपुरमा अरु जिल्लाको तुलनामा चित्तबुझ्दो नतिजा आएको बताउँदै उनले आगामी दिनमा शिक्षक, विद्यार्थी र अभिभावकहरु आफैमा सच्चिन आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा उपमहानगरकी मेयर मिना कुमारी लामाले शिक्षा सुधार योजनासहितका निति कार्यक्रम लिएर स्थानीय सरकार अगाडि बढिरहेको बताइन् । विश्व प्रविधिमा जुधिरहेको बेलामा नेपालमा गुणस्तर शिक्षा हासिल गर्नु चुनौतीपूर्ण रहेकोबताउँदै मेयर लामाले शैक्षिक क्षेत्रमा निजि विद्यालयहरुले गरेको लगानी र योगदानकै कारण अब्बल विद्यार्थीहरु उत्पादन भईरहेको तर्क गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ, राष्ट्रिय परिक्षा बोर्डका कृष्ण प्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिनानाथ गौतम, शिक्षा महाशाखा हेटौंडा उपमहानगरकाका निर्देशक सिताराम कोईराला लगाएतको उपस्थिती रहेको थियो । प्याव्सन मकवानपुरका जिल्ला अध्यक्ष बिनोद सुबेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया