मन्त्री मुक्तानद्वारा हेटौंडा ११ थानाभर्याङ्गमा नवनिर्मित सेफ हाउस भवनको उद्घाटन

पालिका डायरी
४ श्रावण २०८१, १८:५०

हेटौंडा / घरेलु हिंसा पीडित / प्रभावित महिला तथा बालबालिकाको लागि अल्पकालीन आवास गृह (सेफ हाउस) को नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित थानाभर्याङ्गमा निर्मित भवनको उद्घाटन बागमती प्रदेशकी  सामाजिक विकास मन्त्री कुमारी मुक्तानले रिबन काटेर गर्नुभएको हो ।

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, हेटौंडाको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको कार्यालयको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सचिव बद्रीनाथ गैरेको सभाध्यक्षतामा भएको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सामाजिक विकास मन्त्री मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाध्यक्ष जुना दाहाल, वडा सदस्य गोपिनी सापकोटा, गीता सुनार, उपमहानगरपालिकाकी महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, सिविन बाल हेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवाली लगायत सरोकारवाला संघसंस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया