मकवानपुरको बकैयामा करेन्ट लागेर एक युवकको मृत्यु

पालिका डायरी
५ श्रावण २०८१, १२:३५
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटाै‌ंडा /  मकवानपुरको बकैया गाउँपालिका–४ मा रहेको नेपाल प्रेम चर्चमा वाइरिङ गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

हिजो (शुक्रबार) साँझ घटेको दुर्घटनामा बागमती गाउँपालिका–९ बेतेनी निवासी २० वर्षीय रामराज बम्जनको ज्यान गएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, बम्जन चर्च भवनमा विद्युतीय कार्य गरिरहेका बेला अचानक करेन्ट लागेर अचेत भएका थिए । घटनाको जानकारी पाउनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो । गम्भीर अवस्थामा रहेका बम्जनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा साँझ ५ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरे। मृतकको शव हाल अस्पतालमै राखिएको छ।

यस घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया