एमाले मकवानपुरद्वारा पुष्पलाल स्मृति दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

पालिका डायरी
६ श्रावण २०८१, १६:३४

 हेटौंडा / नेकपा एमाले मकवानपुरले ४६ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्झनामा हेटौंडा–५ स्थित पार्टी कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिए । जिल्लामा बिरामीलाई आवश्यक पर्ने रगतको कमी भएको जानकारी आएलगत्तै रक्तदान कार्यक्रम गरेको उनले बताए । यस्तै रक्तदान कार्यक्रम लगत्तै पुष्पलाल पार्कमा रहेको पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरिएको थियो ।

पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा केन्द्रिय सदस्यहरू रामेश्वर राना ,जुनेली श्रेप्ठ, भारती पाठक लगायत जिल्लाका नेता कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रममा पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न निर्वाह गरेको भूमिका र योगदानलाई सम्झदै उपस्थित नेताहरूले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया