हेटौंडामा एक दम्पती मृत फेला

पालिका डायरी
९ श्रावण २०८१, १९:५३

हेटौंडामा श्रीमान् श्रीमती मृत भेटिएका छन् ।

बुधबार (आज) दिउँसो  हेटौंडा ५ भैरवरोडमा आफनै घरमा एक दम्पती मृत भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ६२ वर्षीय केशव भण्डारी उनको ५६ वर्षीय श्रीमती अम्बिका भण्डारी मृत भेटिएको हो ।

अम्बिकाको धारिलो हतियार प्रयोग गरी हत्या भएको जस्तो देखिन्छ भने केशव झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया