हेटौंडा –२ नम्बर वडालाई बलामैत्री वडा घोषणा गरिने

पालिका डायरी
१० श्रावण २०८१, १६:४२

हेटौंडा / हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा बलामैत्री वडा धोषणा हुने भएको छ । हेटौंडा २ नम्बर वडालाई शनिबार निकृष्ट बालश्रम मुक्त, बाल विबाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको हो ।

बिहीबार ९आज० पत्रकार सम्मेलनको आयोजना गर्दै स्थानीय शासनयुक्त बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा २ का वडाध्यक्ष विष्णु गोपाल महर्जनले जानकारी दिए । १९ वटा बाल समूहहरु र एउटा बाल सञ्जाल गठन गरी बालमैत्री अभ्यास गरिएको वडाध्यक्ष महर्जनले बताए ।
जसमा ४६० बालबालिकाहरु आवद्ध रहेको उनको भनाइ छ । बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ५१ सूचकहरुमध्ये ४६ वटा सूचकहरु शतप्रतिशत , ३ वटा सूचकहरु ९६ प्रतिशत, एउटा सूचक ९५ प्रतिशत र अर्को १ सूचक ९० प्रतिशतसम्म नतिजा हासिल गरेको बताइएको छ ।

कार्यक्रममा शनिबार हेटौंडा उपमहानगरपालिकाको प्राङ्गणबाट बिहान १० बजे बृहत प्रभातफेरी सहित वडा परिक्रमा गरी होटल एभोकाडोमा घोषणा समारोह गरिने अध्यक्ष महर्जनले बताए । उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने बताइएको छ ।

प्रतिक्रिया