नवनियुक्त मुख्यमन्त्री लामाले मंगलबार विश्वासको मत लिने
हेटौंडा / बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले साउन १५ गते विश्वासको मत लिने भएका छन् । गत मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका लामाले आउँदो मंगलबार सदनबाट विश्वासको मत लिन लागेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा नियमावली २०७४ को उपनियम १ बमोजिम नवनियुक्त मुख्यमन्त्री लामाको विश्वासको मतको प्रायोजनमा सदन आव्हान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। बैठक दिउँसो ३ बजेका लागि आव्हान गरिएको छ ।
नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका लामालाई विश्वासको मतको चिन्ता भने छैन । सात राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमतीमा कुल ११० प्रदेश सभा सदस्य छन् ।
प्रतिक्रिया