सुन तोलाको डेढ लाख पुग्यो

पालिका डायरी
२१ श्रावण २०८१, ११:३२
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौँ /  आज नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ ।

सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ७ सय रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
gold_silver_3nDNVFv7MT