स्वास्थ क्षेत्रको विसङ्गती हटाउछु : स्वास्थ्य मन्त्री थापा

पालिका डायरी
२१ श्रावण २०८१, १६:१३
स्वास्थ क्षेत्रको विसङ्गती हटाउछु : स्वास्थ्य मन्त्री थापा

हेटौंडा / बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रको विकृति र बिसङ्गती हटाउने गरि काम गर्ने बताउनुभएको छ । स्वास्थ्य क्षेत्रमा कमिकमजोरीका कुराहरू सुनिने गरेको भन्दै यसको न्यूनीकरणका लागि सदैव तत्पर रहने बताउनुभयो ।

सोमबार भक्तपुरको सुर्यविनायक नगरपालिका ९ नखेलस्थित नन्दिकेशर महादेव मन्दिरमा भैरहेको श्रावणी मेलामा प्रमुख अतिथि रहनुभएका मन्त्री थापाले स्वास्थ्य सेवाबाट कोहि पनी वन्चित हुन नहुने बताउनुभयो ।

जनताको काम गर्न आफू मन्त्री भएको भन्दै उहाँले लोभ लालचमा आफू नफस्ने समेत स्पष्ट पार्नुभयो । आफूले मन्त्रीको पदभार ग्रहण गरेकै दिन क्यान्सरका विरामीहरुलाई १ लाख सहयोग उपलब्ध गराउने निर्णय भएको समेत जानकारी दिनुभयो ।

मन्त्री थापाले भन्नुभयो “विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई ५० हजार सहयोग गर्ने गरेको थियो । अबदेखि एक लाख दिने निर्णय भएको छ।”

उहाले भक्तपुरमा धेरै धार्मिक स्थल भएकोले यसको प्रवर्द्धनमा प्रदेश सरकार लाग्ने बताउनुभयो । सबै धार्मिक स्थलमा दर्शनका लागि सहज पहुँचका लागि प्रदेश सरकारसङ्ग समन्वय गर्ने जानकारी दिनुभयो । प्रदेश सभा सदस्य निर्वाचित भएपछि नै स्वास्थ्य, शिक्षा, पुर्वाधारसङ्गै धार्मिक पर्यटन प्रवर्द्धन एवम् अन्य विकास निर्माणमा आफुले सहजीकरण गरीरहेको बताउनुभयो ।

कार्यक्रममा उहाँलाई स्थानीयले बाजागाजा सहित स्वागत तथा सम्मान गरेका थिए ।

प्रतिक्रिया
15df4a65-0d31-4e37-aeb7-43134b52c6fe