सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’ भदौ ७ गतेबाट प्रर्दशन हुने

पालिका डायरी
१ भाद्र २०८१, २१:०५
सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’ भदौ ७ गतेबाट प्रर्दशन हुने

हेटौंडा / अभिनेता रमित ढुंगानाको निर्माण एवं निर्देशन रहेको फिल्म नमेटिने घाउ भदौ ७ गतेबाट प्रदर्शन आउने भएको छ । शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै निर्माता एवं निर्देशक ढुंगानाले सत्य घटनामा आधारित यो फिल्म भदौ ७ गतेदेखि प्रदर्शनमा ल्याइने जानकारी दिएका हुन् । फिल्ममा ६ जना एसिड सर्भाइवरहरुको कथामा आधारित रहेको ढुंगानाले बताए ।

विभिन्न समय र स्थानमा भएका एसिड आक्रमणको सत्य घटनाका आधारित रहेर बनेको फिल्ममा एसिड सर्भाइवर मुस्कान खातुन लगाएत कलाकारहरुको भूमिका रहेको छ । तेजाब आक्रमणका कारण भोग्नुपरेको पीडाहरु समेटिएको यो फिल्मले समाजमा परिवर्तन ल्याउन सहयोग पुग्ने खातुनले बताइन् । फिल्ममा एसिड आक्रमण गर्नेहरुले पाउने दण्ड, सजाय लगायतका बिषयहरु प्रष्ट देखाइएको कारण यस्ता घटनामा कमि आउने अपेक्षा गरिएको खातुनले बताइन् ।

फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन् भने यो फिल्ममा केपी शर्मा ओलीले प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, सांसद ज्ञानेन्द्र शाहीको समेत अभिनय छ ।

फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसवाह, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरूङ, सुरवीर पण्डित लगायतले अभिनय गरेका छन् । फिल्म निर्माण गर्दा करिब ३ करोड रुपैंया खर्च भएको बताइएको छ ।

प्रतिक्रिया
_MG_6424