हेटौंडामा ग्याँस बुलेटले कारलाई ठक्कर दिँदा तीन जना घाइते
हेटौंडा / मकवानपुरमा ग्याँस बुलेटले कारलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मास्टर चोकमा ग्याँस बुलेटको ठक्करले कारमा सवार तीन जना घाइते भएका हुन्।
पुर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौडा तर्फ जादै गरेको एनएल ०१ एल २९७१ नम्बरको भारतीय ग्याँस बुलेटले हेटौंडाबाट विरगञ्जतर्फ जाँदै गरेको ग ३ च ८४४९ नंबरको कारलाई ठक्कर दिँदा कारमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।
उनका अनुसार कार चालक जिल्ला स्याङ्जा अरुणचौपाही नगरपालिका वडा नम्बर– १ बस्ने ३३ वर्षिय चुडा बहादुर बिष्ट, कारमा सवार कास्की पोखरा महानगरपालिका वडा नम्बर–११ बस्ने ६३ वर्षिय पुरण श्रेष्ठ र लम्जुङ बेसीसहर नगरपालिका वडा नम्बर–८ बस्ने १७ वर्षिया नेहा राना मगर घाइते भएका हुन् ।
घाइते तीनैजनाको हेटौंडा १ स्थित सञ्चो अस्पतालमा उपचार भैरहेको बताइएको छ। तीनैजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेका डिएसपी भण्डारीले बताए।