मकवानपुरकाे बकैयामा पहिरोको ढुंगाले लागेर ६ बर्षीया बालिकाको मृत्यु

पालिका डायरी
७ भाद्र २०८१, १३:४५
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

हेटाै‌डा / मकवानपुरको बकैया गाउँपालिका –६ की ६ वर्षीय बालिकाको विद्यालयबाट घर फर्कँदै गर्दा पहिरोमा परि मृत्यु भएको हो। बिहीबार दिउँसो विद्यालय सकेर घर फर्कने क्रममा ज्यामिरे भन्ने स्थानमा पहिरो सहित आएको ढुंगाले लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालदय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा बकैया ६ स्थित जनश्रम आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत शुष्मा थिङ रहेको प्रहरीले जनाएको छ।
यता, सोही वडाका वडाध्यक्ष फूलमान भोम्जनका अनुसार बिहीवार साँझ ५ बजेतिरको समयमा विद्यालयबाट फर्कदैँ गर्दा पहिरोसँगै आएको ढुंगाले लागेर उनको मृत्यु भएको हो। विद्यालयबाट झण्डै एक घण्टा टाढा पर्ने ज्यामिरे भन्ने स्थानमा आएको पहिरोको ढुंगाले लागेर उनको ज्यानगएको हो।

त्यो नानी र अरु साथीहरु घर आउँदै रहेछन्, वडाध्यक्ष भोम्जनले भने, पहिरोमा आएको ढुंगाले लागेर त्यो नानी बेहोस भइछिन्। साथीहरुले घरमा उसको आमाबुवालाई बोलाउन गएछन््। एउटा अलि ठुलो साथीले स्वास्थ्य चौकी लान बोकेर अलि वरसम्म आएका रहेछन्। तर बाटोमै मृत्यु भएछ।

उनका अनुसार पहिरोको ढुंगा शुष्मालाई मात्रै लागेको हो। अन्य साथीहरु भने सकुशल रहेका छन्। बालिकाको शव परिवारले बुझेर अन्तिम संस्कारको तयारीमा जुटेको उनले जानकारी दिए।

प्रतिक्रिया
mrityu palikadiary