मकवानपुरको राक्सिराङमा पानीको खाल्टोमा डुबेर ३ बर्षीया बालिकाको मृत्यु

हेटाैंडा / मकवानपुरमा पोखरीमा डुब्दा एक बालिकाको ज्यान गएको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–६ सिलिङेमा पानी ट्याङ्कीको लागि खनेको खाल्डोमा डुबेर बालिकाको ज्यान गएको हो । शनिबार (आज) बिहान ११ बजेतिरको समयमा शेर बहादुर प्रजाको छोरी ३ बर्षकी सुदिक्षा प्रजाको मृत्यु भएको सोही वडाकी वडा सदस्य अनिसा प्रजाले जानकारी दिइन् ।
घरबाट २०/२५ मिटर पर रहेको पानी ट्याङकी बनाएको पुरानो खाल्टोमा जमेको पानीमा डुबेर मृत अवस्थामा उनको परिवारले बालिकाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया