पर्यटन मन्त्री ठकुरीको सरकारी निवासमा आगलागी
हेटौंडा / बागमती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीको सरकारी निवासमा आगलागी भएको छ । सोमबार (आज) साँझ मन्त्री ठकुरीको सरकारी निवासमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
निवासको माथिल्लो तल्लाको सभाहलमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इन्भटरको व्याट्री ४ थान, इन्भटरको पावर सप्लाई बक्स एक थान, कार्पेट/गलैंचा, राउटर, जिप्सन बोर्ड लगाएतको सामान जलेर नष्ट भएको छ । आगलागिमा मानवीय क्षति भने नभएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया