हेटौंडा आउँदै गरेको मोटरसाईकल जुरीखेतको भीरबाट खस्यो, चालकको अवस्था गम्भीर

पालिका डायरी
१७ भाद्र २०८१, १९:३५

हेटौंडा / काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको मोटरसाईकल भीमफेदी गाउँपालिका–६ जुरीखेतको एघार घुम्तीबाट भीरमा खस्दा दुर्घटना भएको छ। कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्डमा पर्ने उक्त स्थानबाट मोटरसाईकल सहित भीरमा खस्दा मोटरसाईकलमा सवार दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार (आज) अपराह्न ४ः३० बजेतिरको समयमा काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको पदेश २–०३–०११ प ३४७४ नम्बरको पल्सर मोटरसाईकल आफै अनियन्त्रित भई सडकबाट करिबं.५ सय मिटर तल खसी दुर्घटना भएको मकवानपु प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

डिएसपी भण्डारीका अनुसार मोटरसाईकल चालक पर्साको बीरगंज महानगरपालिका–१५ लक्षुमन्वा बस्ने बर्ष ४० को वृत नारायण यादव गम्भीर घाइते भएका छन्। यस्तै सोही मोटरसाईकलको पछाडी बसेका बारा जिल्लाको फेटा गाउँपालिका–७ बस्ने ३६ बर्षका रमेश पाण्डे मध्यम घाइते भएका छन्। दुवैजनालाई उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको डिएसपी भण्डारीले जानकारी दिए। मोटरसाईकल भने पुर्ण रुपमा क्षति भएको र घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
jurikhet