जापानी पर्यटकहरूद्वारा भीमफेदी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान

पालिका डायरी
२४ भाद्र २०८१, ११:३८
जापानी पर्यटकहरूद्वारा भीमफेदी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान

हेटौंडा /  भीमफेदी गाउँपालिका अन्तर्गत रहेको प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। हिजो भीमफेदीमा भएको एक कार्यक्रमको बीचमा उक्त स्वास्थ्य सामग्री गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवरलाई हस्तान्तरण गरिएको हो।

स्वास्थ्य केन्द्रका संरक्षक तथा भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामा सहितको उपस्थितिमा जापानबाट नेपाल भ्रमणमा आएका जापानी पर्यटकहरूले स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। जापानी पर्यटकहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीले गाउँपालिका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यतामा स्वागत कार्यक्रमको आयोजना पनि गरेको थियो।

सोही अवसरमा जापानी पर्यटक टोलीले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मार्फत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष सहित स्वास्थ्य विकास सहयोग समितिले जापानी आगन्तुक पर्यटकहरूलाई सम्मानपत्रद्वारा धन्यवाद ज्ञापन पनि गरेको थियो।

सम्मान र स्वागत पश्चात् ती जापानी पर्यटकहरूलाई भीमफेदीको ऐतिहासिक हात्तीसार र संग्रहालय अवलोकन गराइएको थियो । कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष संजीव श्रेष्ठ, स्वास्थ्य संयोजक रामनाथ थिंङ, प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
583c7566-d7fa-455f-9e16-7d0c151f6448