चितवनको सेन्ट्रल मोडल कलेजले दुई करोड बराबरको छात्रवृत्ति प्रदान गर्ने

पालिका डायरी
२५ भाद्र २०८१, ११:२१

चितवन / चितवनको सेन्ट्रल मोडल कलेजले उच्चशिक्षाको पहुँचलाई थप प्रवर्द्धन गर्न दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । यस छात्रवृत्तिले विभिन्न क्षेत्रका मेधावी विद्यार्थीलाई आर्थिक समस्या बिना नै उत्कृष्ट उच्चशिक्षा हासिल गर्ने अवसर प्राप्त हुने कलेजका अध्यक्ष यज्ञ बिलास (वाईबी) पौडेलले जानकारी दिए ।

सेन्ट्रल मोडल कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ । कलेजले व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालन गर्दै छ ।

कलेजले सञ्चालन गरेको शैक्षिक कार्यक्रमले सूचना प्रविधि र होटल व्यवस्थापनको क्षेत्रमा विद्यार्थीहरूलाई विशेषज्ञ बनाउने उनले बताए । यी कार्यक्रमहरूलाई सफलतापूर्वक सञ्चालन गर्न कलेजले आधुनिक प्रविधिमा आधारित कक्षाहरू सञ्चालन गरिरहेको छ । ‘यसले विद्यार्थीहरूलाई दक्षता विकासमा मात्र नभई उनीहरूलाई व्यवहारिक ज्ञान र सीपहरू प्रदान गर्न मद्दत गर्नेछ’, पौडेलले भने ।

सेन्ट्रल मोडल कलेजले ‘पढ्दै कमाउँदै’ अवधारणा अपनाएको छ । यसले विद्यार्थीलाई आर्थिक रुपले सक्षम हुने अवसर समेत प्रदान गर्ने पौडेलले बताए ।
सेन्ट्रल मोडल कलेजका प्रिन्सिपल डा. टीआर चालिसेका अनुसार कलेजको उद्देश्य केवल शैक्षिक प्रमाणपत्र दिने मात्र नभई विद्यार्थीहरूलाई हरेक क्षेत्रको प्रतिस्पर्धामा उत्रिन योग्य बनाउनु हो । कलेजले चितवन र आसपासका जिल्लाहरुमा मात्र नभई देशभर नै नयाँ शिक्षा प्रणालीको विकास गर्ने उनले बताए ।

प्रतिक्रिया
459067924_914676714023870_2124654737036586760_n