मकवानपुरमा पहिलो पटक जिल्ला स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुने

पालिका डायरी
२९ भाद्र २०८१, २०:३४

हेटौंडा / मकवानपुरमा पहिलो पटक जिल्ला स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै तुलसी मेहर आवासीय माध्यामिक विद्यालयको मुख्य प्रायोजनमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडा र छहारी युवा समाजको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराइएको हो।

आउँदो असोज ३, ४ र ५ गते हेटौंडा–४ हुप्राचौरमा रहेको भलिवल कोर्टमा प्रतियोगिता हुने प्रतियोगिताको आयोजक संयोजक सदस्य मनोज लामाले जानकारी दिए । मकवानपुर जिल्लामा भलिवल खेलको गतिविधि बढाउन, भलिवल खेलको विकास गर्न तथा मकवानपुरलाई भलिवल खेल मार्फत् चिनाउन अमूल्य योगदान पुराएका भलिवलका हस्ति एक जुट गराई पुर्नमिलन एवं पूर्नताजगी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समिति सदस्य मनोज लामा स्याङ्नातले बताउनुभयो । प्रतियोगितामा ४० वर्ष उमेर पूरा भएका सुरक्षा निकायमा कार्यरत बाहेक १ वर्षदेखि मकवानपुरमा रही कार्य गर्दै आएका बाहिरी जिल्लाका कर्मचारी समेत सहभागि हुन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १० वटा टिम सहभागि हुने आयोजकको अनुमान छ । टिम दर्ता शुल्क दुई हजार तोकिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार, दोस्रो हुनेले १५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।
दैनिक एकजना उत्कृष्ट खेलाडीलाई मुख्य प्रायोजकका तर्फबाट पुरस्कारको व्यवस्था रहेको नारायणी कलेज एवं तुलसी मेहर आवासीय माध्यामिक विद्यालयका प्राचार्य रघुनाथ खरालले बताए ।

देशको राष्ट्रिय खेललाई मकवानपुरमा स्थापीत गराउनका लागि आयोजित प्रतियोगितामा मुख्य प्रायोजक बन्न पाउनु खुसी लागेको खरालको भनाइ छ । प्रतियोगिता सञ्चालनका लागि करिब १ लाख ५० हजार लाग्ने आयोजकको अनुमान छ ।

प्रतिक्रिया
WhatsApp Image 2024-09-14 at 20.33.01_087d0eaf