मन्त्री तामाङ्द्वारा दाना उधोगको निरीक्षण

पालिका डायरी
१ आश्विन २०८१, १२:४८

हेटौंडा  / बागमती प्रदेशकी उधोग, वाणिज्य , भुमी तथा प्रशासन मन्त्री शुकमाया तामाङ्ले दाना उधोगको निरीक्षण गर्नु भएको छ । मंगलवार भरतपुर महानगरपालिका-६ स्थित उधोगमै पुगेर मन्त्री तामाङले निरीक्षण गर्नु भएको ।

निरीक्षण गर्नु हुँदै मन्त्री तामाङले उधोगलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले आफू सधैं उधमीको पक्षमा रहेर काम गर्ने बताउनु हुँदै दाना उधोगको लागि आवश्यक बजेट बिनियोजन गर्ने बताउनु भयो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दाना उधोग सन्चालन गर्नका निमित्त दाना परिक्षण गर्न ल्याब र दाना राख्न गोदाम घरको आवश्यक रहेको बताउदै सहयोग गर्न आग्रह गरे ।

२०७८ सालदेखि करिब ५३ लाख लगानीमा संघले संचालन गरेको दाना उधोगले दैनिक ८ टन दाना उत्पादन हुने गरेको सहकारी संघका बगालेले जानकारी दिए । उनका अनुसार संघले बार्षिक ७ करोडको कारोबार हुने गरेको छ । ११४ वटा सहाकरी आबद्ध रहेको उक्त संघले चितवन जिल्लाका एक सय सहाकारीमा दाना उपलब्ध गराउने गरेको संघका ब्यबस्थापक जनार्दन पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
459756205_487200334220512_6770626533477391441_n