मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्र हेटौंडामा ४ करोड बढी माछाका भुरा उत्पादन

पालिका डायरी
२ आश्विन २०८१, १३:२५

हेटौंडा /  हेटौंडा–५ पिप्लेमा रहेको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्रले एक वर्षमा चार करोड २५ लाख माछाका भुरा उत्पादन गरेको छ । मकवानपुर, चितवन, सिन्धुली, नवलपरासी, बारा, पर्सा, रौतहट र सर्लाहीलगायत अन्य जिल्लाका किसानले भुरा खरिद गर्दै आएका छन् ।

कार्यालयकाअनुसार आर्थिक वर्ष २०८०/८१ मा चार करोड ह्याचलिङ्ग, २० लाख फ्राइभुरा तथा पाँच लाख फिगरलिङ्ग भुरा उत्पादन गरी बिक्री गरिएको छ । उत्पादित भुराको बिक्रीबाट ३५ लाख ४५ हजार पाँच सय १९ राजस्व सङ्कलन भएको सूचना अधिकारी बलराम आचार्यले जानकारी दिए।

यसअघि यो कार्यालयले आर्थिक वर्षा २०७९/८० मा चार करोड ३५ लाखभन्दा बढी भुरा उत्पादन गरी बिक्री गरेको थियो । विगतमा तीन करोडदेखि तीन करोड ३४ लाख भुरा उत्पादन तथा बिक्री हुँदै आएकामा पोखरीको मर्मतलगायत व्यवस्थापनमा सुधार गरिएपछि आर्थिक वर्ष २०७९/८० देखि माछा र भुराको उत्पादनमा वृद्धि भएको कार्यालय प्रमुख सरोजकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया
fish_CFelz05INF