थाहा नगरमा पहिलो पटक अन्तर विद्यालय डिजिटल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

पालिका डायरी
२ आश्विन २०८१, २०:५१
थाहा नगरमा पहिलो पटक अन्तर विद्यालय डिजिटल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

शिक्षा दिवसको अवसरमा थाहा नगरस्थित जनकल्याण माविले आयोजना गरेको माविस्तरीय अन्तर विद्यालय डिजिटल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

थाहा नगरमा अन्तर विद्यालयस्तरीय डिजिटल हाजिरी जवाफ प्रतियोगिता पहिलो पटक आयोजना भएको हो। १३ वटा विद्यालय सहभागी प्रतियोगितामा बज्रबाराहीस्थित इयन इङ्ग्लिस एकेडेमी प्रथम भएको छ। प्रतियोगितामा पालुङस्थित पालुङ भ्याली हार्ट एकेडेमी द्वितीय, हिमालयन इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुल तृतीय र कुन्छालस्थित सुनौला माविले सान्त्वना स्थान हासिल गरेको छ।

प्रतियोगिताका प्रथमलाई नगद ६ हजार, द्वितीयलाई ४ हजार ५ सय, तृतीयलाई ३ हजार र सान्त्वनालाई १ हजार ५ सय, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो। प्रथम पुरस्कार इयन इङ्ग्लिस एकेडेमी, द्वितीय पालुङ भ्याली हार्ट एकेडेमी, तृतीय हिमालयन इङ्ग्लिस सेकेन्डरी बोर्डिङ स्कुल, सान्त्वना सुनौला मावि र ट्रफी हिमशिखर अफसेट प्रेसले सौजन्य गरेको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजीव कुमार स्याङ्तानको अध्यक्षता तथा नगर शिक्षा शाखा प्रमुख माधव विक्रम मल्लको प्रमुख आतिथ्यता तथा वडा नं. ३ को विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। पुरस्कार वितरण कार्यक्रममा प्याब्सन थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधान, प्रमुख अतिथि मल्ल, प्रधानाध्यापक सानोभाइ कार्कीलगायतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

 

प्रतिक्रिया
IMG_20240918_131552_055-1726669101