मनहरीमा खहरेले बगाएर मृत्यु भएकी बालिकाको परिवारलाई ५० हजार सहयोग

पालिका डायरी
४ आश्विन २०८१, १७:५४
खहरेले बगाएर मृत्यु भएकी बालिकाको परिवारलाई ५० हजार सहयोग

हेटौंडा /  मकवानपुर मनहरीमा खहरेले बगाएर मृत्युभएकी बालिकाको परिवारलाई ५० हजार रुपैंया सहयोग हस्तान्तरण गरिएको छ।

मनहरी गाउँपालिकाले गत भदौ २५ गते खहरेले बगाएर मृत्यु भएकी बालिकाको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो । शुक्रबार (आज) एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले मृत बालिकाको बुवा जितेन्द्र गुरुङलाई चेक हस्तान्तरण गरेका हुन् ।

मनहरी गाउँपालिका–८ सिमपानी गुरुङडाँडाकी १४ बर्षीया रञ्जिता गुरुङलाई बाढीले बगाएका थियो । साँझ ५ बजेतिरको समयमा विद्यालयबाट घर फर्कदैं गरेकी रञ्जितालाई मोरङगे खोल्सा तर्ने क्रममा बाढीले बगाएको थियो ।

गुरुङको छोरी रञ्जिता युनाइटेड बोडिङ स्कुलमा अध्यनरत थिइन् । विद्यालयबाट घर फर्कने क्रममा बाढीले बगाएको रञ्जिताको शव घटनास्थलबाट करिब २ किलो मिटर तल भेटिएको थियो । खोल्सा तर्ने क्रममा एक्कासी बाढीले बगाएपछि रञ्जितासँगै घर फर्किएको १७ बर्षको इशान गुरुङले बचाउने प्रयास गरेका थिए।

प्रतिक्रिया
3f554ab3-e1ae-4176-a647-6c75128d28b8