नेकपा एमाले भीमफेदी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न अध्यक्षमा थापा
हेटौंडा / नेकपा एमाले भीमफेदी गाउँपालिका कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ। हिजो शनिबार भीमफेदी ४ चिउरी बगैचामा नेकपा एमाले भीमफेदी गाउँ कमिटी अध्यक्ष सानु थापाको सभाध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।
शनिबार सम्पन्न भएको नेकपा एमाले भीमफेदी गाउँपालिका कमिटीले सीताराम थापाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित गरेको छ। जसमा उपाध्यक्षमा काशीराम बज्यु, सचिवमा शिव रुम्बा, उपसचिवमा आशिष अस्लामी र विष्णुमाया रुम्बा पदाधिकारीका रूपमा चयन गरिएको छ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रामेश्वर रानाले मिसन ८४ लाई ध्यानमा राखेर काम गर्न कार्यकर्तालाई निर्देशन दिए। उनले भने, नेकपा एमालेले भीमफेदीको नेतृत्व गरेपछि सबै भीमफेदीको अवस्था कस्तो छ, हाम्रो गाउँ-गाउँको अवस्था कस्तो छ, घर-घरको अवस्था कस्तो छ यदि त्यो हाम्रो गाउँ समाजको अवस्था हामीले भने जस्तो छैन भने नेकपा एमालेले नसोचे कसले सोच्ने यी सबै खाले काम अब नेकपा एमालेले गर्नुपर्छ। रानाले अब १२ कक्षा पास भएपछि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न पनि नेकपा एमाले लाग्नुपर्ने बताए। उनले गाउँ-घरको बाँझो जग्गालाई कृषिमा बदलेर जनताको बेरोजगारी समस्याको समाधान गर्न र आर्थिक परिवर्तन गराउन पनि एमाले लाग्नुपर्ने कुरा औंल्याए।
कार्यक्रममा केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सांसद महेश बर्तौला लगायत नेकपा एमालेका नेताहरु बलराम बल, भगवती पुडासैनी, ठाकुरराम खड्का, श्रीधर पोख्रेल, हिदाम लामा, शिवहरि दाहाल, सन्तोष पौडेल, सागर पाण्डे, जहार सिंह लामा, चेतकुमारी पुडासैनी, प्रकाश पुडासैनी, पञ्चमाया स्याङ्तान र पार्वती रानाको पनि उपस्थिति रहेको थियो।