राप्रपाका पूर्व वडा अध्यक्ष सहित २९ जना एमाले प्रवेश

पालिका डायरी
६ आश्विन २०८१, १४:२६
राप्रपाका पूर्व वडा अध्यक्ष सहित २९ जना एमाले प्रवेश

हेटौंडा /  राप्रपा नेपालका पूर्व वडा अध्यक्ष कृष्ण बहादुर कार्की सहित २९ जना नेकपा एमालेमा प्रवेश गरेका छन्।

हिजो ( शनिबार ) नेकपा एमाले भीमफेदी गाउँपालिकाको दोस्रो अधिवेशनमा भीमफेदी गाउँपालिका वडा नम्बर ८  इपापञ्चकन्याका राप्रपा नेता राजेन्द्र खड्काको नेतृत्वमा राप्रपा, नेपाली कांग्रेस र माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका हुन्।

एमाले केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर राना सहित नेकपा एमाले मकवानपुरका नेताहरु महेश बर्तौला, श्रीधर पोख्रेल, बलराम बल, भगवती पुडासैनी, हिदाम लामा लगायतका नेताले नवप्रवेशीहरुलाई टीका र खादा लगाएर एमालेमा प्रवेश गराएका हुन्।

यस्तै, भीमफेदी गाउँपालिका वडा नम्बर ४ बाट पनि नेपाली कांग्रेस र नेकपा माओवादीका वडा स्तरका नेताहरु आफ्नो पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन्।

प्रतिक्रिया
61a4c051-db96-4851-8080-c78f8eefcd15