दुर्गा प्रसाईं पक्राउ

पालिका डायरी
६ आश्विन २०८१, १६:०८

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

आइतबार प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको हो । उनलाई साइबर ब्युरो ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

ब्यूरोको माग अनुसार अदालतले प्रसाईंसहित बाग्लुङ, बडीगाडका जीवन पाण्डे र धादिङ, सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको थियो । उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने प्रहरीको तयारी छ।

प्रतिक्रिया
durga prasain