रेबिज सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

पालिका डायरी
१० आश्विन २०८१, २०:३६

हेटौंडा । विश्व रेबिज दिवस २०२४ को अवसरमा सरोकारवाला निकायहरुसँग जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । बिहीबार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेशको आयोजनामा रेबिज रोग सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो ।
अवरोध हटाऔं रेबिज उन्मुलन गरौं भन्ने मुल नाराका साथ मनाइन लागिएको विश्व रेबिज दिवस २०२४ को अवसरमा निर्देशनालायको पहिलो त्रैमासिक कार्यक्रम अनुरुप जनचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठले बताए ।


प्रदेशका विभिन्न जिल्लामा रहेका पशु स्वास्थ्यकर्मी तथा मानव स्वास्थ्यकर्मीहरुको उपस्थितीमा रेबिज रोग सम्बन्धि जानकारीमुलक जनचेतना अभिवृद्धि कार्यक्रम गरिएको हो । रेबिज रोगका लक्षण, सर्ने तरिका र यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानी लगाएतका बिषयमा तीनवटा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव बिनोद कुमार भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सोही मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत भरत प्रसाद बिडारी, योजना तथा अनुगमन महाशाखा प्रमुख सुजन कडेँल, स्वास्थ्य निर्देशनालय बागमती प्रदेशकी प्रमुख सञ्जु राय, पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुर लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
461487939_1235702714445586_7695197899776620920_n