बागमती प्रदेशका आन्तरिक र यातायात मन्त्रीद्वारा कान्तिलोकपथको निरीक्षण

पालिका डायरी
१५ आश्विन २०८१, १६:५६
बागमती प्रदेशका आन्तरिक र श्रम मन्त्रीद्वारा कान्तिलोकपथको निरीक्षण

हेटौंडा /  बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने र श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले बगुवा स्थित बागमती पुलको निरीक्षण गरेका छन् ।

आज (मंगलबार) बागमती प्रदेशको मकवानपुर र ललितपुर जिल्लाको सिमानामा पर्ने बगुवा स्थित बागमती खोलाको पुल र बकैया, भिमफेदी  गाउँपालिका अन्तरगत पर्ने कान्तीलोकपथको वर्षाका कारण भएका क्षतिको अनुगमन गरेका छन् । गत बिहीवार देखि परेको अविरल वर्षाका कारण उक्त पुल शनिबार बागमती खोलाले बगाएको थियो । 

उक्त निरीक्षणमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्का तथा नेपाली सेना र सशस्त्र प्रहरीका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
d149417b-3d08-4974-8be0-c35c62309a35