मकवानपुरको बागमतीमा इलेक्ट्रिक भ्यान पल्टियो, ३ जना घाइते

पालिका डायरी
१९ आश्विन २०८१, ११:२५
मकवानपुरको बागमतीमा इलेक्ट्रिक भ्यान पल्टियो, ३ जना घाइते

काठमाडौंबाट धरान जाँदै गरेको इलेक्ट्रिक भ्यान आज बिहान मकवानपुरको बागमती गाउँपालिका–८ साततले स्थित मदनभण्डारी लोकमार्गमा भ्यान दुर्घटना भएको छ ।

शनिबार (आज) बिहान काठमाडौँबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२०–००१ ज४३२८ नम्बरको इलेक्ट्रिक भ्यान अनियन्त्रित भएर सडकछेउको नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भ्यान दुर्घटना हुँदा हुदा भ्यानमा सवार तीनजना घाइते भएका छन् । भ्यानमा सवार चालकसहित १२ यात्रुमध्ये ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा चालक धनकुटाको बुद्ध नगरपालिका–१ हिले बस्ने ५२ बर्षको देवी थापा छन्। उनको खुट्टामा चोट रहेको र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यस्तै भ्यानमा सवार सोही स्थानकी ३० वर्षकी प्रमिला तामाङ (टाउकोमा चोट, अवस्था सामान्य) र काठमाडौँको चाबेल बस्ने अन्दाजी ४८ वर्षीया बिना तामाङ लामा (शरिरमा चोट, अवस्था  मध्यम) रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनीहरूलाई उपचारका लागि हेटौंडा–११ स्थित चुरे हिल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। अन्य यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
elecrtick van bagamati