सामान्य अंकले बढ्यो सेयर बजार

पालिका डायरी
२३ आश्विन २०८१, १५:३२
शेयर बजार ७१ अङ्कले बढ्यो, बीमा समूहमा हरियाली, १७ वटा कम्पनीको शेयरमा सर्किट

साताको कारोबारको चौथो दिन आज सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ८५ अंकले बढेर २६६८ दशमलव १७ को विन्दुमा पुगेको छ ।

बुधबार २९४ कम्पनीका ४० हजार १ सय ३१ पटकको कारोबारमा ८३ लाख १२ हजार ६८५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७ सय ०६ रुपैयाँ रहेको छ ।

१३० कम्पनीको सेयर मूल्य बढ्दा १०२ वटाको घटेको छ भने ११ वटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये ४ वटा घट्दा बाँकीमा हरियाली छाएको छ । मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा नेपाल फाइनान्स लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।

प्रतिक्रिया
Share_nepse_market_aXzVpjR70b