भीमफेदीमा बस दुर्घटना: ८ गम्भीर घाइते, २० को अवस्था सामान्य

पालिका डायरी
२३ आश्विन २०८१, २०:५५

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ४ गोल्पिङ बेसीमा बुधबार साँझ बस दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बसको ब्रेक फेल भएर दुर्घटना भएको हो। गम्भीर घाइते ८ जनालाई उपचारको लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार बसमा सवार अन्य २० जनाको अवस्था सामान्य रहेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
FB_IMG_1728484685993