भीमफेदीमा तीनवटा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते

पालिका डायरी
२३ आश्विन २०८१, २२:०१
accident palika

मकवानपुरमा तीनवटा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्।

मकवानपुरको भीमफेदी गाउँपालिका वडा(४ गोल्पिङ बेसीमा एकै स्थानमा तीनवटा सवारी दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका हुन्। बुधबार (आज)  साँझ काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बसको ब्रेक फेल भएर दुर्घटना हुँदा ८ जना भएका हुन्। बस ब्रेक फेल हुँदा सोही स्थानमा दुईवटा कार समेत ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको बा २ ज ९८३ नम्बरको कार र काठमाडौंबाट हेटौंडा हुँदै जनकपुर जान लागेको बा ३ ख २७२३ नम्बरको मिनि बस ठोक्किदा बस सडकबाट १० मिटर तल खसेर दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् । दुईवटा सवारी ठक्कर खादा हेटौंडाबाट काठमाडौं जाँदै गरेको बा २ ज ८० नम्बरको कार समेत ठोक्किएको मकवानपुर प्रहरीले जनाएको छ।

गम्भीर घाइते ८ जनालाई उपचारको लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार बसमा सवार २० जनाको अवस्था सामान्य रहेको र थप विवरण आउन बाँकी रहेको छ। घाइतेहरु तीनवटै सवारीको रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
accident palika