श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

पालिका डायरी
३० आश्विन २०८१, १२:४९
१ एक करोड ५० लाख नगदसहित हुन्डी कारोबारी पक्राउ

आफ्नै कान्छी श्रीमती ४० वर्षीया सुनिता भट्टराई चौधरीको हत्या गरेको अभियोगमा रुपन्देहीको देवदह नगरपालिका-९ भलुही बस्ने ५० वर्षीय दशरथ चौधरीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

दशरथले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकी सुनिताको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट भलुही र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया
pakrau-1-2