पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने

पालिका डायरी
४ कार्तिक २०८१, १२:३६
पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने

कास्कीको पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पाार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेपछि आज (आइतबार) अदालतमा उपस्थित गराइँदैछ ।

यसबीचमा हुनसक्ने सम्भावित घटनाक्रमलाई ध्यानमा राखेर कास्की प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले निषेधाज्ञा जारी गरिएको बताएका छन् । स्थानीय प्रशासन ऐन, २०२८ (संसोधन सहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको बताइएको छ ।

पूर्वतर्फ पोखराको सहिदचोक आसपासका क्षेत्र, वाई चोक (उत्तर पूर्व तर्फ मिलनचोक), फिस्टेल गेट (वैदाम), मालपोत कार्यालय आसपासका क्षेत्रमा निषधाज्ञा जारी गरिएको हो ।

त्यस्तै, दक्षिणतर्फ मुस्ता चोकको पर्यटन वोर्डको कार्यालय अगाडी, ड्यामसाईडमा निषेधाज्ञा जारी भएको छ भने गैह्रापाटन आसपासाका क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै, निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने प्रशासनले बताएको छ ।

‘निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ (पाँच) जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ,’ निषेधाज्ञा जारी गर्दै जिल्ला प्रशासन कार्यालय, कास्कीले भनेको छ।

प्रतिक्रिया
Pokhara-metro_s3Zh5rJw3H-transformed