प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

पालिका डायरी
५ कार्तिक २०८१, ११:३१
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार अपरान्ह सवा ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

यद्यपि आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे केही निर्णय हुनसक्ने बुझिएको छ । प्रधानमन्त्री ओलीले अध्यादेशबारे नेपाली कांग्रेस लगायतका दलसँग छलफल अघि बढाइसकेका छन् ।

यसअघि गत शुक्रबार मन्त्रिपरिषद् बैठक बसेको थियो । सो बैठकले संक्रमणकालीन सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति गठन गरेको थियो ।

त्यस्तै, जलन प्रभावितको निःशुल्क उपचार गर्ने लगायतका निर्णय सो बैठकबाट भएको थियो ।

प्रतिक्रिया
Cabinet-baithak_O0zZApm2NF